पृथ्वीमा जलवायु परिवर्तनले चुनौतीहरू सामना गर्नु परेको छ : परराष्ट्रमन्त्री डा.राणा

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले एशियाली मुलुकमा शान्ति, अमनचैन र समृद्धिका लागि एशियाली सहकार्य संवादको दृष्टिकोण अनुसार काम गर्न नेपाल प्रतिबद्ध रहेको बताएकी छिन् ।

न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको ७९औँ महासभामा भाग लिन आएकी परराष्ट्रमन्त्री डा.राणाले बिहीबार भएको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै भनिन्, ‘हामीहरूको साझा घर पृथ्वीमा जलवायु परिवर्तनका कारण विगतमा कहिल्यै भोग्नु नपरेको चुनौतीहरूको सामना गर्नु परिरहेको छ, यो तत्कालै सम्बोधन हुनुपर्ने विषय हो ।’

उनले जलवायु परिवर्तनबाट जुध्न नेपाललाई अन्तर्राष्ट्रिय सहयोगको खाँचो रहेको बताएकी छिन् ।

डा.राणाले अहिले हिमशृङ्खलामा परेको वातावरणीय असरको कारणले बाढीपहिरो तथा पूर्वाधारहरूको क्षयीकरण बढिरहेको बताएकी छिन् । उनले यसलाई सम्बोधन गरेर मानवीय संकट कम गर्न सबै तप्काले सहकार्य गर्न जरुरी रहेको बताएकी छिन् ।

Published : Friday, 2024 September 27, 10:51 am

फेसबुकबाट तपाईको प्रतिक्रिया