परराष्ट्रमन्त्री डा.राणा र राष्ट्रसंघीय महिला विभागकी कार्यकारी निर्देशक सीमाबीच भेट
न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र संयुक्त राष्ट्रसंघीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ ।
बिहीबार न्यूयोर्कमा भएको भेटमा परराष्ट्रमन्त्री डा.राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी छिन् ।
मन्त्री डा.राणाले लैङ्गिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको बताएकी छिन् ।
Published : Friday, 2024 September 27, 10:17 am
फेसबुकबाट तपाईको प्रतिक्रिया