तीन जिल्लामा सीडीओको सरुवा, सहायक सीडीओ, इलाका, अध्यागमना पनि परिवर्तन
काठमाडौं । गृह मन्त्रालयले ३ जना प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरूको सरुवा गरेको छ ।
बिहीबार गृह मन्त्रालयले म्याग्दीमा गुरुदत्त ढकाललाई सीडीओ बनाएको छ । ढकाल कास्कीमा सहायक सीडीओ थिए ।
कुलबहादुर जिसीलाई रुकुम पश्चिमको सीडीओको रुपमा सरुवा गरिएको छ । कालीकोटमा नारायणप्रसाद भट्टराईलाई प्रमुख जिल्ला अधिकारी बनाइएको छ । जिसी र भट्टराई गृह मन्त्रालयबाट जिल्लामा सरुवा भएका हुन् ।
गृह मन्त्रालयले २४ जना उपसचिव तथा सहायक प्रमुख जिल्ला अधिकारीहरूको जिम्मेवारी हेरफेर गरेको छ ।
सरुवा हुनेहरूमा दत्तराज हमाल बाँके, महेशकुमार गुरुङ दाङ (इलाका प्रशासन कार्यालय तुलसीपुर), माधवप्रसाद शर्मा नवलपुर, सुरेश आचार्य झापा, तुलसीप्रसाद हाल राष्ट्रिय परिचयपत्र सिंहदरबार, अमृतबहादुर राई इलाम, शिव लम्साल कास्की रहेका छन् ।
फणिन्द्रप्रसाद पौडेल राष्ट्रिय परिचयपत्र सिंहदरबार, पर्वप्रसाद सापकोटा गृह मन्त्रालय, सुवासकुमार लामिछाने, पवित्रप्रकाश शाह गृह मन्त्रालय, मुक्तिराम रिजाल काठमाडौं, गणेश नेपाली सिरहामा सहायक सीडीओको रुपमा सरुवा भएको छ ।
कृष्णप्रसाद चापागाईं लागुऔषध नियन्त्रण शाखा, सत्यराज जोशी अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, तानाथ पनेरु अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, माधवप्रसाद ढुङ्गाना अध्यागमन कार्यालय त्रिभुवन विमानस्थल, चित्रागत बराल गोरखा, कोपिला राई इलाका प्रशासन कार्यालय उदयपुर कटारी, परमानन्द घिमिरे कपिलवस्तु, महेशराज तिम्सिना, इलाका प्रशासन कार्यालय उर्लाबारी मोरङ, गोमादेवी चेम्जोङ राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र अशोककुमार भण्डारीलाई काठमाडौंमा सरुवा भएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया