विश्व सम्पदा सूचीमा समावेशको तयारी भइरहेका बेला उपाध्यक्ष डा.लामाद्वारा तिलौराकोटको अवलोकन
लुम्बिनी । लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामा (खेन्पो छिमे) विश्व सम्पदा सूचीको तयारीमा रहेको प्राचीन कपिलवस्तुको तिलौराकोट दरबार क्षेत्रको पछिल्लो अवस्थाबारे जानकारी लिएका छन् ।
बिहीबार डा.लामाले तिलौराकोटको अवलोकन गरेका हुन् । डा.लामाले तिलौराकोटमा भइरहेको तयारी, सरसफाइ र संरक्षणमा भइरहेको विषयमा जानकारी लिएका छन् ।
गत वर्ष प्राचीन शाक्य गणराज्यको राजधानी शहर तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न अन्तिम मनोनयन दस्तावेज यूनेस्को विश्व सम्पदा केन्द्रमा पेश भइसकेको छ ।
अहिले तिलौराकोट क्षेत्रलाई प्रस्तुत गर्न योग्य बनाउन सरसफाई चलिरहेको छ । उपाध्यक्ष डा.लामाले तिलौराकोटको सरसफाई तथा त्यस क्षेत्रको निरीक्षण गरेका हुन् ।
तिलौराकोट विश्व सम्पदा सूचीमा सूचीकृत हुने अन्तिम तयारीमा छ । कोषका वरिष्ठ निर्देशन ज्ञानिन् राईले पछिल्लो समय सरसफाई कार्यलाई तिव्रता दिइएको बताएका छन् ।
तिलौराकोट शाक्य राज्यको राजधानी र राजा शुद्धोधनको दरबार रहेको क्षेत्र हो । बुद्धले गृहस्त जीवन परित्याग गर्नुअघिको सम्पूर्ण जीवन तिलोराकोटमा स्थानमा बिताएका थिए ।
बुद्धले सारथि (छन्द) कन्थक (घोडा) लिएर मध्यरातमा दरबारको पूर्वी द्वारबाट गृहत्याग गरेको बौद्धशास्त्रहरूमा उल्लेख गरिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया