डीआइजी खत्रीको रिट खारेज, ३० वर्षे सेवा हद हटाउने प्रयास तुहियो
काठमाडौं । सर्वोच्च अदालतले सशस्त्र प्रहरी बल नेपालमा ३० वर्षे सेवा हद खारेजीको माग गरेर दायर भएको रिटलाई खारेज गरिदिएको छ ।
बिहीबार न्यायाधीश सपना प्रधान मल्ल र तिलप्रसाद श्रेष्ठको इजलासले रिट खारेज गरिदिएको छ ।
सशस्त्रमा रहेको ३० वर्षे सेवा हद हटाउन माग गर्दै अवकाश नजिक रहेका डीआईजी अभिकुमार खत्रीसहित चार जनाले भदौ १ गते सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।
नेपाल प्रहरीका एसएसपी जीवनकुमार श्रेष्ठको नेतृत्वमा अवकाशको पत्र पाएका २१ प्रहरी अधिकृतले नेपाल प्रहरीमा कायम रहेको ३० वर्षे सेवा हद कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी भएको थियो ।
त्यसपछि सशस्त्र प्रहरीका डीआईजी खत्रीसहितको रिट जारी भएको थियो । त्यसमा न्यायाधीश सारंगा सुवेदीको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो ।
डीआईजी खत्रीसहितका तर्फबाट वारेस अनिता अधिकारीले दायर गरेको रिट खारेज भएको छ । सर्वोच्चको आदेशपछि सशस्त्र प्रहरीमा ३० वर्षे उमेर हद हटाउने प्रयास तुहिएको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया