दुबईमा ३ जना फरार व्यक्तिहरू पक्राउ, काठमाडौं ल्याइयो

काठमाडौं । इन्टरपोलबाट रेड नोटिस जारी भएका तीन जना फरार व्यक्तिहरूलाई प्रहरीले दुबईबाट पक्राउ गरेर काठमाडौं ल्याएको छ ।

ठगी सम्बन्धी कसूर मुद्दा र जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका ३ जना फरार प्रतिवादीहरू दुबईबाट पक्राउ परेको विज्ञप्तिमा उल्लेख छ ।

पक्राउ पर्नेहरूमा ठगी सम्बन्धी कसूर मुद्दाका फरार प्रतिवादीहरू पाँचथरको मिक्लाजुङ गाउँपालिका–४ ठेगाना भएका ४२ वर्षीया भुपेन्द्र बोहोरा र काठमाडौंको नागार्जुन नगरपालिका–९ बस्ने २८ वर्षीयरियाज भन्ने कबिर बुढाथोकी रहेका छन् ।

जबरजस्ती करणी कसूर सम्बन्धी मुद्दाका फरार प्रतिवादी मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका–५ घर भई हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–१० बस्ने २६ वर्षीय रोमन कार्की रहेको प्रहरीले जनाएको छ ।

उनीहरूलाई सम्बन्धित मुद्दामा कारवाही गर्ने÷गराउने प्रयोजनार्थ बुधबार नेपाल फिर्ता ल्याइएको छ ।

पक्राउ परेकामध्ये भुपेन्द्र बोहोरालाई अन्तर्राष्ट्रियस्तरमा खोजतलास एवं पक्राउ गर्नको लागि नेपाल प्रहरी प्रधान कार्यालयकेन्द्रीय अनुसन्धान ब्यूरो लाजिम्पाटबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७९ जेठ १६ गतेरेड नोटिस जारी भएको थियो ।

काठमाडौं उपत्यका प्रहरी कार्यालय अपराध अनुसन्धान शाखा रानीपोखरीबाट अनुरोध भएपश्चात इन्टरपोल महासचिवालयबाट २०७० साउन २४ गतेकबिर बुढाथोकी र २०८१ असार १२ गतेरोमन कार्कीविरुद्ध रेड नोटिस जारी भएको थियो ।

भुपेन्द्रलाई नेपाल प्रहरी प्रधान कार्यालयकेन्द्रीय अनुसन्धान ब्यूरोमा तथा कबिर र रोमनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि बुझाएको नेपाल प्रहरी प्रधान कार्यालय इन्टरपोल शाखाले जनाएको छ ।

Published : Thursday, 2024 September 26, 4:34 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया