रविले कैलाशलाई गरे जस्तो प्रतिशोध रविमाथि हुने छैन, गुहार…गुहार भनेर भ्या…भ्या गर्नु पर्दैन
काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोगमा संसदीय समितिबाट कारबाही सिफारिसमा परेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने पक्राउ पर्ने डरले तर्सिएर गुहार गुहार भनिरहेका छन् ।
पूर्वगृहमन्त्री समेत रहेका लामिछानेलाई सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोगमा प्रहरीले कानूनअनुसार मुद्दा चलाउनेछ । अनुसन्धान गर्नेछ । दोषी पाएमा पक्राउ पनि गर्नेछ । सभापति लामिछाने दशैँको बेला प्रहरी हिरासतमा बस्नु पनि पर्ने सम्भावना छ ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई संसदीय समितिले सहकारीको रकम अपचलन र ठगीमा दोषी पाएर कारबाही सिफारिस गरिसकेको छ । लामिछाने पक्राउ पर्ने सम्भावना छ । उनी छिटै पक्राउ पर्नेछन् ।
बोल्न जाने, जनतालाई भेँडा बनाउन क्षमता भएका, सामाजिक सञ्जालन चलाउन सिपालु र मिडिया परिचालन गर्न माहिर मानिएका लामिछानेले पक्राउ पर्नबाट बच्न सकिन्छ की भनेर गुहार गुहार भनिरहेका छन् ।
लामिछानेको स्वरमा ताल मिलाउँदै डीपी अर्याल, स्वर्णिम वाग्ले, मनीष झा, सुमना श्रेष्ठहरूको ग्याङ प्रतिकार गर्ने भनेर बकबक गरिरहेको छ ।
लामिछानेलाई राज्यले आवश्यक ठान्यो भने कानूनअनुसार पक्राउ गर्नेछ । लामिछाने गृहमन्त्री रहेका बेला प्रतिशोधमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई पक्राउ गर्ने योजना सरकारको छैन । सरकारमा नेपाली कांग्रेस छ । कांग्रेस लोकतान्त्रिक संस्कार बोकेको र कानूनी शासन तथा विधिमा चल्नुपर्छ भन्ने मान्यता राख्छ ।
लामिछानेले जस्तो प्रतिशोध साँध्न कैलाश सिरोहियालाई जस्तै गरी हालका गृहमन्त्री रमेश लेखकले लामिछानेलाई सहकारी ठगी काण्डमा पक्राउ गर्नेछैनन् । प्रक्रिया पु¥याएर नै लामिछानेलाई पक्राउ गरेर अनुसन्धान हुनेछ ।
एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले लामिछानेलाई राज्यले रिसइबी साँध्ने पक्षमा नरहेको बताएका छन् । उनले भने, ‘रवि लामिछाने गृहमन्त्री हुँदा कैलाश सिरोहियालाई पक्रे जस्तो व्यक्तिगत रिसइबी साँध्न र प्रतिशोध लिन राज्य संयन्त्रको दुरुपयोग गर्न मिल्दैन ।’
‘रविजी यति धेरै आत्तिएर गुहार ! गुहार ! भनेर कराउनै पर्दैन, सहकारी ठगीमा उनको संलग्नता छैन भने कसैले केही गर्दैन’, रिजालले भने, ‘होइन भने अरू पनि गृहमन्त्री भइसकेकाहरू पक्राउ परेकै छन्, रविजीले आफूलाई विशेष ठान्नुभएन । कानूनलाई सघाउनुपर्छ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया