अध्यागमन कार्यालयका बारेमा नकरात्मक टीका टिप्पणी छ, छवि सुधार गर्नुस् : गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले अध्यागमन कार्यालयले आफ्नो छवि सुधार गर्न आवश्यक रहेको बताएका छन् ।

बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको स्थलगत निरीक्षणपछि लेखकले अध्यागमन कार्यालयका बारेमा नकरात्मक टीका टिप्पणी हुने गरेको बताए । उनले आफ्नो छवि सुधारतर्फ अध्यागमन कार्यालय सचेत हुनुपर्ने बताए ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुहरूलाई अध्यागमनका कर्मचारी र सुरक्षाकर्मीहरूले दुःख दिएर हैरान बनाएको गुनासो आइरहेका बेला गृहमन्त्री लेखकले अनगमन गरेका छन् ।

गृहमन्त्री लेखकले अध्यागमन कार्यालयका बारेमा नागरिकको राम्रो बुझाइ नभएको उल्लेख बताए । उनले अध्यागमनमा हुने कुनै पनि किसिमका अवाञ्छनीय गतिविधि स्वीकार्य नहुने चेतावनी दिएका छन् ।

विमानस्थलमा कार्यरत अन्य सरकारी संयन्त्रसित समन्वय गरेर काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिएका छन् ।

उनले भने, ‘अन्तर्राष्ट्रिय विमानस्थल देशको ऐना हो, विमानस्थलमा आउने नागरिकले नेपाल हेर्ने यहीँ हो । बाहिर जाने नागरिकले पनि नेपालको व्यवहार देख्ने यहीँ नै हो ।’

अध्यागमनका कर्मचारीको व्यवहार सौहार्दपूर्ण, संहिष्णु, नरम र सेवामुखी हुन जरुरी रहेको गृहमन्त्री लेखकले बताएका छन् ।

Published : Wednesday, 2024 September 25, 10:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया