नाफा र भारतीय राजदूतावासद्वारा ‘रामायण रेजोनान्स : सेलिब्रेटिङ ‘ए’ सेर्ड हेरिटेज’को संयुक्त प्रदर्शनी

काठमाडौं । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)मा ‘रामायण रेजोनान्स : सेलिब्रेटिङ ‘ए’ सेर्ड हेरिटेज’ शीर्षक कला प्रदर्शनी सुरु भएको छ ।

सोमबारदेखि शुरु भएको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्र, भारतीय दूतावास र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान (नाफा)ले संयुक्त रूपमा प्रदर्शनी आयोजना गरेका हुन् ।

प्रदर्शनीको संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डे, नाफाका कुलपति नारदमणि हार्तम्छाली, नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवलगायतले संयुक्त रूपमा उद्घाटन गरेका छन् ।

प्रदर्शनीमा चार नेपाली कलाकारका पाँच कलाकृति र ३० भारतीय कलाकारका ४२ कलाकृति राखिएका छन् ।

प्रदर्शनीमा राखिएका कलाकृतिले भारतीय उपमहाद्वीपमा सांस्कृतिक र कलात्मक अभिव्यक्तिमा रामायणले पारेको गहिरो प्रभावलाई इङ्गित गरेको छ ।

यसले हिन्दु धर्मग्रन्थ रामायणमा चित्रण गरिएको वीरता र भक्तिलाई चित्रण गरेको छ । प्रदर्शनीमा क्युरेटरका रूपमा गार्गी सेठ हुनुहुन्छ । प्रदर्शनी भदौ १४ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।

Published : Wednesday, 2024 September 25, 10:27 am

फेसबुकबाट तपाईको प्रतिक्रिया