रास्वपाकी ज्वालाले थुनाएका दुर्गा प्रसाईंलाई छोड्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई छोड्न अस्वीकार गरेको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीश प्रकाशमानसिंह राउतको इजलासले प्रसाईंलाई छोड्ने आदेश दिन अस्वीकार गरेको हो । प्रसाईंका सम्बन्धमा के कसो भएको हो भनी सर्वोच्चले कारण देखाउ आदेश जारी गरेको छ ।

काठमाडौं जिल्ला अदालतले प्रसाईंसँगै जीवन पाण्डे र प्रकाशचन्द्र दाहालविरुद्ध बुधबार पक्राउ पुर्जी जारी गरेको थियो ।

प्रसाईंलाई पक्राउ गरेपछि साइबर व्यूरोले थुनामा राखेर अनुसन्धान गर्नका लागि जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो ।

जिल्ला न्यायाधीश बालकृष्ण वाग्लेले प्रसाईंलाई ३ दिन थुनामा राखेर अनुसन्धान गर्न म्याद दिएका छ । साइबर अपराधसम्बन्धी कसूरमा नेपाल प्रहरीको साइबर व्यूरोले प्रसाईंलाई पक्राउ गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की केन्द्रीय सदस्य टीका संग्रौला (ज्वाला)ले दिएको उजुरीका आधारमा प्रसाईं भक्तपुरस्थित घरबाट आइतबार पक्राउ परेका थिए ।

पक्राउविरुद्ध प्रसाईंका छोरा निराजन प्रसाईंले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन हालेका थिए ।

Published : Tuesday, 2024 September 24, 5:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया