परराष्ट्रमन्त्री डा.राणाद्वारा राष्ट्र संघमा विपीन जोशीको रिहाइका लागि विश्व समुदायसँग आग्रह
न्यूयोर्क । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले नेपाली युवा विपीन जोशीको सकुशल रिहाइका लागि सहगोग गरिदिन विश्व समुदायसँग आग्रह गरेकी छिन् ।
न्यूयोर्कमा सोमबार असंलग्न राष्ट्रहरूको संगठन, नामको मन्त्रिस्तरीय बैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री डा.राणाले जोशीको रिहाइका लागि विश्व समुदायसँग पहलका लागि आग्रह गरेकी हुन् ।
उनले नेपाल विपीन जोशीको स्वागतका लागि व्यग्र प्रतिक्षामा रहेको बताएकी छिन् । उनले जोशीको रिहाइका लागि विश्व समुदायको सहयोगको आग्रह गरेकी छिन् ।
अक्टोबरमा हमास समूहद्वारा इजरायलमा भएको आतंककारी आक्रमणमा १० जना नेपालीको ज्यान गएको थियो । आक्रमणपछि हमासले जोशीलाई अपहरण गरी लगेका थिए ।
परराष्ट्रमन्त्री डा.राणाले नेपाल सरकारले हमलाको निन्दा गर्दै जोशीको सकुशल रिहाइको माग गर्दै आएको बताएकी छिन् ।
परराष्ट्रमन्त्री डा.राणाले विश्वमा हाल शान्ति स्थापनाको लागि सामूहिक पहलको खाँचो रहेको बताएकी छिन् ।
उनले विभिन्न नाम र बहानामा विश्वका कैयौँ ठाउँमा अहिले पनि युद्ध, विद्रोह तथा हिंसाजन्य कार्यहरू भइरहेकाले हत्या हिंसाको अन्त्य र शान्तिको स्थापनाका लागि विश्वले नै सामूहिक पहल गर्नुपर्ने अवस्था आएको बताएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया