प्रधानमन्त्री ओली र अमेरिकी कोअपरेसनकी उप-प्रमुख निशा विश्वालबीच भेटवार्ता

न्यूयोर्क । प्रधानमन्त्री केपी ओली र अमेरिकी इन्टरनेसनल डेभलपमेन्ट फाइनान्स कोअपरेसनकी उप–प्रमुख कार्यकारी अधिकृत निशा विश्वालबीच भेटवार्ता भएको छ ।

अमेरिकाको न्यूयोर्कमा उनीहरूबीच राष्ट्र संघको ७९औं महासभाको दौरान साइडलाइनमा भेटवार्ता भएको हो । भेटवार्तामा परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा पनि साथमा थिइन् ।

उक्त अवसरमा दुई जनाबीच नेपालमा आर्थिक विकासको लागि विविध क्षेत्रहरू तथा ऊर्जा, स्वास्थ्य, पूर्वाधार, कृषि, पर्यटन र प्रविधिको बारेमा छलफल भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।

त्यस अवसरमा नेपालमा लगानीको विषयमा पनि कुराकानी भएको थियो ।

Published : Tuesday, 2024 September 24, 12:39 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया