परराष्ट्रमन्त्री डा.राणा र इन्डोनेसियाकी विदेशमन्त्री रेत्नोबीच भेटवार्ता

न्यूयोर्क । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र इन्डोनेसियाकी विदेशमन्त्री श्रीमती रेत्नो एलपी मार्सुदीबीच भेटवार्ता भएको छ ।

स्थानीय समयअनुसार आइतबार अमेरिकाको न्यूयोर्कमा डा.राणा र रेत्नोबीच भेट भएको हो । भेटमा नेपाल र इन्डोनेसियाबीचको सम्बन्ध मजबुद बनाउने सहमति भएको छ ।

‘हाम्रो सम्बन्धलाई थप मजबुत बनाउन इन्डोनेसियासँग द्विपक्षीय परामर्श संयन्त्रमा हस्ताक्षर गर्न पाउँदा खुसी लागेको छ’, परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।

‘हामी हाम्रा दुई देशहरू बीच कूटनीतिक र आधिकारिक सेवा राहदानी धारकहरूको लागि भिसा छुट सम्झौतामा हस्ताक्षर गरेकोमा पनि मलाई खुशी लागेको छ’, डा.राणाले भनेकी छिन् ।

परराष्ट्रमन्त्री डा.राणाले इन्डोनेसियाकी विदेशमन्त्री रेत्नोलाई अर्थपूर्ण सहयोगका लागि हृदयदेखि धन्यवाद दिएकी छिन् ।

Published : Monday, 2024 September 23, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया