सभापति देउवाद्वारा ओखलढुङ्गा एमालेका नेता दाहाललाई कांग्रेसमा स्वागत

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेकपा (एमाले) ओखलढुङ्गाका नेता पोकल दाहाललाई कांग्रेसमा प्रवेश गराएका छन् ।
सोमबार बुढानिलकण्ठस्थित निवासमा आयोजित कार्यक्रममा एमालेका नेता दाहाल सभापति देउवाको हातबाट कांग्रेसको सदस्यता लिएका हुन् ।
कांग्रेसका केन्द्रीय सदस्य एवम् राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले एमालेका नेता दाहाललाई सभापति देउवाले पार्टीको सदस्यतासहित खादा र टीका लगाएर कांग्रेसमा स्वागत गरेको बताएका छन् ।
पार्टी प्रवेश कार्यक्रममा नेपाली कांग्रेस ओखलढुङ्गाका सभापति तेजेन्द्र खनाल लगायतका नेताहरूको उपस्थिति रहेको थियो ।
Published : Monday, 2024 September 23, 3:04 pm
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया