संसदीय मामिला विभागमा सभापति देउवाद्वारा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसले संसदीय मामिला विभागमा ११ जना सदस्यहरू मनोनयन गरेको छ ।

सोमबार केन्द्रीय कार्यालयबाट जारी विज्ञप्तिअनुसार सभापति शेरबहादुर देउवाले विभागको सदस्यहरू मनोनयन गरेका हुन् । विभागका प्रमुख गोविन्दबहादुर शाहले ११ जनाको नाम सदस्यमा मनोनयनका लागि सिफारिस गरेका थिए ।

विभागको सदस्यहरू मनोनयन हुनेमा प्रा.ई. महेशसिंह कठायत (काठमाडौं), बासु कार्की (काठमाडौं), टेकबहादुर कुँवर (अछाम), लाक्पा शेर्पा (दोलखा), नरेन्द्र साह (पर्सा) रहेका छन् ।

विभागको सदस्यमा मनोनयन हुनेमा अस्मिता लामा (लम्जुङ), तेज शाह (कञ्चनपुर), धनबहादुर गिरी (ओखलढुङ्गा), माधव पाण्डे (कालिकोट) र मोहन सुनार (दाङ) रहेका छन् ।

Published : Monday, 2024 September 23, 2:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया