कानून संशोधनमा पार्टीहरूमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघकै सक्रियता र निरन्तरको लगावका कारण मुलुकको अर्थतन्त्रमा सकारात्मक आशा जागेको बताएका छन् ।
शुक्रबार ललितपुर उद्योग वाणिज्य संघको कार्यक्रममा उनले भने, ‘कोभिड महामारी र रुस युक्रेन युद्धपछि विश्वका अन्य देशहरूजस्तै नेपालको अर्थतन्त्र पनि के कसो हुने हो भन्ने त्रास सबै नागरिकमा थियो । त्यतिनै बेला फेरि यहाँ पनि श्रीलंकाको हावा छिराइयो ।’
‘हामी नेतृत्वमा आएपछिको करिब डेढ वर्ष हामीले यसरी काम गर्यौं कि अहिले भने आशा जागेको अवस्था छ’, ढकालले भने ।
महासंघकै कारण नेपाल सरकारले गरेको पछिल्लो लगानी सम्मेलन पहिलेका भन्दा फरक रहेको पनि अध्यक्ष ढकालले बताएका छन् ।
‘पहिले दाताले प्रतिबद्धता गरे बमोजिमको लगानी आएन । किन आएन भनेर यसपटक हामीले त्यसको कारण खोज्यौँ’, उनले भने ।
‘कतिपय कानूनहरू नै बाधक देखिए र तिनको संशोधनका लागि हामीले पहल गर्यौं’, उनले भने, ‘सरकारलाई दबाब पनि दियौँ । हाम्रो समेत सहभागितामा एक कार्यदल बन्यो र लगानी सम्मेलनको मुखैमा आठ वटा कानून संशोधन पनि भए ।’
कानून संशोधनका क्रममा राजनीतिक पार्टीहरूमा आर्थिक मुद्दामा एकमत देखिनु सकारात्मक रहेको अध्यक्ष ढकालले बताएका छन् ।
यतिखेर जिल्ला जिल्लामा जाँदा साना व्यवसायीहरूले लौन हाम्रो सानोतिनो पुजी लगानी गर्ने ठाउँ बनाइदिनुप¥यो भन्ने गरेका प्रसंग उनले बताएका छन् ।
अध्यक्ष ढकालले देशले वैदेशिक लगानी मात्र नहेरेर देशभित्रै छरिएर रहेको पुँजीलाई पनि एकतृत गरी ठूला लगानीमा लगाउन सक्ने बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया