अराजक अभिव्यक्ति दिँदै आएका मेडिकल माफियाँ प्रसाईं पक्राउ, डरले गेट नखोलेर लुकेर बसे

काठमाडौं । मेडिकल माफियाको आरोप लागेका व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् ।

प्रसाईंलाई प्रहरीले आइतबार भक्तपुरबाट पक्राउ गरेको हो । विद्युतीय कारोबार ऐन अन्तर्गत पक्राउ पूर्जी जारी भएपछि प्रहरीले भक्तपुरबाट प्रसाईंलाई पक्राउ गरेको जनाएको छ ।

साइबर ब्यूरोबाट खटिएको टोलीले र जिल्ला प्रहरी परिसर भक्तपुरको सहयोगमा प्रसाईंलाई पक्राउ गरेको साइबर ब्यूरोका प्रमुख डीआईजी नवीन्द अर्यालले बताएका छन् ।

प्रसाईंलाई पक्राउ गर्न प्रहरी भक्तपुरको मध्यपुर थिमी नगरपालिका–६ कमेरोटारस्थित घरमा गएका थिए ।

घरको गेट नै नखोलेपछि कमाउण्ड नाघेरभित्र प्रवेश गरेर प्रहरीले उनलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने डरले मेडिकल माफिया प्रसाईंले गेट खोलेका थिएनन् ।

साइबर ब्यूरोमा उनीविरुद्ध जाहेरी परेपछि जिल्ला अदालत, काठमाडौंले प्रसाईंलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो ।

Published : Sunday, 2024 September 22, 4:42 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया