परराष्ट्रमन्त्री डा.राणा र रोमानियाकी विदेशमन्त्री लुमिनिताबीच भेटवार्ता
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र रोमानियाकी विदेशमन्त्री लुमिनिता ओडोबेस्कुबीच भेटवार्ता भएको छ ।
शुक्रबार क्यानडाको टोरन्टोमा डा.राणा र लुमिनिताबीच द्विपक्षीय वार्ता भएको हो । नेपाल र रोमानिया सम्बन्ध तथा दुई देशबीचको आपसी हितका विविध विषयमा कुराकानी भएको परराष्ट्रमन्त्री डा.राणाको निजी सचिवालयले जनाएको छ ।
क्यानडाको टोरन्टोमा आयोजित महिला विदेशमन्त्रीहरूको बैठकमा सहभागी हुने क्रममा परराष्ट्रमन्त्री डा. राणा क्यानडा गएकी थिइन् ।
नेपालमा हाइड्रोपावरलगायत विभिन्न क्षेत्रमा लगानीका लागि परराष्ट्रमन्त्री डा. राणाले लुमिनितामार्फत रोमानियाली सरकार र त्यहाँका लगानीकर्ताहरूलाई आग्रह गरेकी छिन् ।
रोमानियाली विदेशमन्त्री लुमिनिताले नेपालमा जलस्रोत व्यवस्थापन, पर्यटन र शिक्षाका क्षेत्रमा काम गर्न सकिने गरी चासो देखाएकी छिन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया