ललितपुर कांग्रेसका नेता अमात्यको निधन, देउवाद्वारा गहिरो दुःख व्यक्त

काठमाडौं । नेपाली कांग्रेस ललितपुरका नेता, जिल्ला कार्यसमितिका पूर्व कोषाध्यक्ष ८६ वर्षीय केदारबहादुर अमात्यको निधन भएकोमा कांग्रेसले गहिरो दुःख व्यक्त गरेको छ ।

अमात्यको भदौ २८ गते मेडिसिटी अस्पताल, ललितपुरमा उपचारका क्रममा निधन भएको थियो । नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यालयको भवन निर्माण समितिको संयोजक रहेर जिल्ला पार्टी कार्यालय निर्माणमा उनले महत्वपूर्ण योगदान पु¥याएको कांग्रेसले जनाएको छ ।

कांग्रेसले शोक वक्तव्यमा भनेको छ, ‘नेपाली कांग्रेसको संगठन निर्माण र नेपालमा प्रजातन्त्र स्थापना र पुनस्र्थापनाका लागि भएका संघर्ष र आन्दोलनहरुमा उहाँले सक्रिय भूमिका निर्वाह गर्नु भएको थियो । उहाँको निधनबाट नेपाली कांग्रेसले एक अग्रज र अनुभवी नेतृत्वलाई गुमाएको छ ।’

अमात्यको निधनप्रति नेपाली कांग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन् ।

‘पार्टी संगठन निर्माण र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पु¥याउनु भएको सक्रिय योगदानको स्मरण गर्दै सभापति देउवाले उहाँप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्नु भएको छ’, देउवाले भने ।

सभापति देउवाले भने, ‘दिवंगत आत्माको चीर शान्तिको कामना साथ शोक सन्तप्त परिवारजनप्रति पार्टी र आफ्नो तर्फबाट गहिरो समवेदना प्रकट गर्नु भएको छ ।’

Published : Sunday, 2024 September 15, 2:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया