मोरङमा १८ लाखभन्दा ठूलो रकमसहित जुवातास खेलिरहेका जुवाडे पक्राउ
काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा १३ जनालाई प्रहरीले १८ लाखभन्दा धेरै रकमसहित पक्राउ गरेको छ ।
मोरङको ग्रामथान गाउँपालिका–४ कटहरा टोलस्थित बाँसघारीमा जुवातास खेलिरहेको अवस्थामा सोही गाउँपालिका–४ मा प्रहरीले छापामारेको छ ।
प्रहरीले ५५ वर्षीय अहिलाल माझी समेत ९ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको जनाएको छ ।
कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगर, जिल्ला प्रहरी कार्यालय मोरङ समेतबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १८ लाख ५१ हजार ५ सय रूपियाँ, १६ थान कौडा, १२ बुक तास, मोबाइल १५ थान लगायतका सरसामानसहित पक्राउ गरेको हो ।
उता, बर्दियाको बाँसगढी नगरपालिका–९ चिसापानीस्थित कुशल वलीको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने दैलेखको भगवती माई गाउँपालिका–२ घर भएका ३६ वर्षीय जयबहादुर सुनार समेत ४ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दिया र इलाका प्रहरी कार्यालय मोतीपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ३७ हजार २ सय ७० रूपियाँ र २१ बुक तास सहित पक्राउ गरेको छ । उनीहरूले प्रयोग गरेका ४ वटा मोटरसाइकल समेत प्रहरीले बरामद गरेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया