खेलकुदको क्षेत्रमा खासै लगानी छैन, अब लगानी गर्छौं : मुख्यमन्त्री लामा
बनेपा । बागमती प्रदेशकका मुख्यमन्त्री बहादुरसिं लामाले खेलकुद क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताएका छन् ।
शनिबार काभ्रेको बनेपामा मुख्यमन्त्री लामाले खेलकुदको क्षेत्रमा खासै लगानी नगरिएको र यस क्षेत्रमा लगानी गर्न आवश्यक रहेको बताए ।
क्याम्पसमा निर्मित स्पोर्ट्स हलले नगरमा धेरै खेलाडी उत्पादन गर्ने विश्वास रहेको बताए । उनले भने, ‘खेलकुदको क्षेत्रमा पनि धेरै विकास गर्न आवश्य रहेको देखिएको छ, जसका लागि प्रदेश सरकारले आवश्यक साथ सहयोग गर्नेछ ।’
मुख्यमन्त्री लामाले खेलले मानिसलाई स्वस्थ्य र अनुशासित बनाउने भएकाले सानै उमेरबाटै खेलकुदका क्रियाकलापमा सहभागी हुन पनि आग्रह गरेका छन् ।
Published : Saturday, 2024 September 14, 8:29 pm
फेसबुकबाट तपाईको प्रतिक्रिया