कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या छ : सिटौला

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले जनताको अधिकारलाई बाहिर राखेर लोकतान्त्रिक समाजवादको कल्पना गर्न नसकिने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा सिटौलाले वीपी कोइरालाले भनेजस्तै जनताको शासन सत्तामा प्रत्यक्ष पहुँच भए मात्र लोकतान्त्रिक समाजवादको कल्पना पूरा हुने बताए ।

उनले भने, ‘आवधिक निर्वाचनमार्फत जनताले आफ्ना प्रतिनिधि रोज्ने र प्रतिनिधिमार्फत शासन चलाउने हो, जनताले प्रतिनिधिमार्फत आफ्नो शासन गर्ने हो, लोकतान्त्रिक शासन पद्धति भनेको यही हो ।’

कांग्रेस र कम्युनिष्टबीच लोकतान्त्रिक समाजवादका बारेमा भिन्दाभिन्दै व्याख्या रहेको नेता सिटौलाले बताएका छन् ।

सिटौलाले विक्रम संवत् २०४६ देखि कम्युनिष्टलाई शान्ति र लोकतन्त्रको बाटोमा हिँडाउन कांग्रेसले नेतृत्व गरेको बताए ।

वीपी कोइराला गतिशील विचार भएको नेता भएको सिटौलाले बताएका छन् ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्यायले कांग्रेसको विधानले वीपी कोइरालालाई स्पष्ट रुपमा चिनेको बताइन् । उपाध्यायले वीपी कोइरालाले दिएको विचार र आदर्शबाट पार्टी अहिले अगाडि बढेको बताइन् ।

Published : Saturday, 2024 September 14, 8:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया