माओवादीको मत घट्दो, आउँदो निर्वाचनमा पाँच लाखसम्म झर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेको बताएका छन् ।

शनिबार राजधानीमा आयोजित कार्यक्रममा ओलीले परिवर्तनको सारथि एमालेलाई कसरी कमजोर पार्ने भन्नेमा प्रतिक्रियावादीहरु लागेको बताए ।

उनले भने, ‘अहिलेको परिस्थिति जटिल छ । हामीविरुद्ध घेराबन्दी छ । परिवर्तनका विरोधी शक्तिहरु संविधानविरुद्ध खुलेआम लागेका छन् ।’

‘सामन्ती, निरङ्कुश र अधिनायकवादी राजतन्त्रका पक्षमा यसरी मान्छेहरु बेसरम उफ्रिएको पहिले कहिल्यै देखिएको थिएन’, उनले भने, ‘जानी नजानी एकखालका मानिसहरुबाट नकारात्मक महौल खडा गर्ने कोसिस भइरहेको छ । सत्य र तथ्यको बाटो नभई झुठ, भ्रम, षड्यन्त्र र तिकडमको सहारा लिएका छन् । उनीहरुलाई काम र मेहनत गर्नु पर्दैन । भएको राम्रो कामको उल्टो काम प्रचार गरे पुग्छ ।’

ओलीले आगामी निर्वाचनमा एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउन व्यापकरुपमा लाग्न आग्रह गरेका छन् । उनले नेकपा माओवादी केन्द्रको मत घट्दो रहेको र आउँदो निर्वाचनमा चार पाँच लाखसम्ममा झर्ने अनुमान गरेका छन् ।

ओलीले संविधानविरुद्ध अहिले ठूलो शक्ति लागेको बताएका छन् । उनले नेपालमा शान्ति सुव्यवस्था हुन नदिने षड्यन्त्र भइरहेको बताए ।

‘अहिले सामन्ति, शिरंकुश र अधिनायकवादी राजतन्त्रको पक्षमा यसरी मान्छे बेसरम उफ्रिएको मैले कहिल्यै देखेको छैन’, ओलीले भने, ‘राजतन्त्र हुँदा पनि केही पञ्चहरु भेला हुन्थ्यो अनि कराउँथे । अहिले त्यो भन्दा बढी आशाधारी कराइरहेका छन् ।’

प्रधानमन्त्री ओलीले गणतन्त्र, विकास, समृद्धि, शान्ति र सुशासनको व्यवस्थित मार्ग समातेको मुलुकलाई बन्न नदिने प्रयास भइरहेकाले निर्णायक राष्ट्रिय शक्ति निर्माणको यात्रामा कटिबद्ध हुन आग्रह गरेका छन् ।

Published : Saturday, 2024 September 14, 7:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया