संवैधानिक परिषद बैठकमा अमेरिकामा मानव तस्करी गरेको अभियोग लागेकी उपभामुख पनि सहभागी
काठमाडौं । अमेरिकामा मानव तस्करीको अभियोग लागेकी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद समेत रहेकी उपसभापति ईन्दिरा राना मगर संवैधानिक परिषदको बैठकमा सहभागी भएकी छिन् ।
शुक्रबार बालुवाटारमा नयाँ प्रधानन्यायाधीश नियुक्तिबारे छलफल गर्न बसेको परिषदको बैठकमा उसभापति राना सहभागी भएकी हुन् । नेकपा –एमाले), नेपाली कांग्रेसले लगायतका दलहरुले मानव तस्करीको अभियोग लागेकी रानालाई उपसभामुख पदबाट राजीनामा दिएर मार्ग प्रसस्त गर्न सुझाव दिइरहेका बेला संवैधानिक परिषदको बैठकमा सहभागी भएर सबैलाई चकित तुल्याइदिएकी छिन् ।
परिषदको बैठक भदौ ३१ गते बस्ने गरेर स्थगित भएको छ । बैठकमा प्रधानन्यायाधीश नियुक्तिका विषयमा छलफल भए पनि कुनै निर्णय भएको छैन ।
सर्वोच्च अदालतका हालका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ ६५ वर्षे उमेर हदका कारण असोज १९ गतेबाट अवकाशमा जान लागेका छन् ।
प्रधानन्यायाधीश नियुक्तिका लागि न्यायपरिषदले ८ जना वरिष्ठतम न्यायाधीशहरूको नाम सिफारिस गरेको छ ।
वरीयताअनुसार न्यायाधीशहरू प्रकाशमान सिंह राउत, नहकुल सुवेदी, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना, कुमार रेग्मी, हरिप्रसाद फुँयाल, मनोज शर्मा र कुमार चुँडालको नाम परिषदमा पुगेको छ ।
प्रधानमन्त्री केपी ओलीको अध्यक्षमा बसेको बैठकमा प्रधानन्यायाधीश श्रेष्ठ, प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल, प्रमुख प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल र प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानामगर सहभागी थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया