मन्त्री राणालाई बधाई दिन प्यूठान कांग्रेसले राख्यो कार्यक्रम, तरुण दलको विशेष तयारी
प्यूठान । नेपाली कांग्रेस प्यूठानले लुम्बिनी प्रदेशका शहरी विकास तथा खानेपानीमन्त्री रोज राणालाई बधाई तथा स्वागत कार्यक्रम राखेको छ ।
प्यूठान कांग्रेसले भदौ ३१ गते ११ बजे जुम्रीको होटल आयुष्मामा स्वागत कार्यक्रम राखेको उपसभापति देवेन्द्र बर्माले बताए । होटलमा हुने कार्यक्रममा मन्त्री राणालाई बधाइ दिइनेछ । प्यूठान क्षेत्र नं. २ का क्षेत्रीय सभापति समेत रहेका राणा लुम्बिनी प्रदेशमा दोस्रो पटक मन्त्री बनेका छन् । अघिल्लो पटक राणा उद्योग तथा यातायात व्यवस्था मन्त्री बनेका थिए ।
मन्त्री राणाको स्वागतका लागि उपस्थित हुन् प्यूठान कांग्रेसले नेता कार्यकर्तालाई आग्रह गरेको छ ।
राणा प्यूठानमा ३१ वर्षपछि कांग्रेसको तर्फबाट विजयी भएका हुन् । यसअघि कांग्रेसले २०४८ सालमा प्यूठान जितेको थियो । तत्कालीन समयमा क्षेत्र नं. १ मा शिवराज सुवेदी र २ मा मुक्तिप्रसाद शर्मा विजयी भएका थिए । तत्कालीन समयमा शिवराज सुवेदी राज्यमन्त्री पनि भएका थिए ।
प्यूठान कांग्रेसले ६४ वटै वडाका कांग्रेसका सभापति समेतका नेता कार्यकर्तालाई मन्त्री राणाको स्वागतका लागि आग्रह गरिएको उपसभापति बर्माले बताए ।
नेपाल तरुण दल प्यूठानका अध्यक्ष कृष्णप्रसाद बस्याल ‘रोयल’ मन्त्री राणाको स्वागतका लागि उपस्थित हुन आह्वान गरेका छन् । रोयलले तरुणहरुलाई चकचकेमा स्वागतका लागि उपस्थित हुन आग्रह गरेका छन् ।
तरुण दलले चकचकेदेखि बिजुवारसम्म भव्य र्यालीसहित स्वागत सत्कार गर्दै कांग्रेसले स्वागतका लागि राखेको कार्यक्रमस्थलसम्म ल्याउनेछ । मन्त्री राणाको स्वागतका लागि गाडी, मोटरसाईकलको र्यालीको तयारी गरेको अध्यक्ष रोयलले बताए ।
मन्त्री राणाले सोही दिन वडा तहसम्मका पार्टीका नेताहरुसँग भेटघाट गर्नेछन् । भेटमा विकास आयोजना लगायतका विषयमा छलफल हुनेछ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया