ओली-प्रचण्डको दलाली गर्ने मेडिकल माफिया दुर्गा प्रसाईंको उत्तेजक हर्कत, व्यापार बढाए
काठमाडौं । मेडिकल माफियाको आरोप खेप्दै आएका दुर्गा प्रसाईंले आफ्नो अराजक अभिव्यक्ति र गतिविधिलाई निरन्तर अगाडि बढाइरहेका छन् ।
माओवादी, एमाले हुँदै राजावादी भएका प्रसाईंले व्यावसायिक रुपमा पाउनुपर्ने सबै सुविधा लिएका छन् । बैंकको ऋणले तहस नहस बनेका प्रसाईंले गाउँका गरिव जनताको भावनामा खेलवाड गरेर आफ्नो व्यापार बढाएका छन् । मेडिकल कलेजको अनुमति पाएका छन् । अस्पताल चलाएका छन् । बैंकहरूलाई धम्काएर सावाँ र व्यजको कुरा पनि मिलाएका छन् ।
गाउँका गरिव जनता अहिले पनि प्रसाईंको कुरा सुनेर उद्धार हुन्छ की भनेर पछि लागेका छन् । प्रसाईंले केही पनि गर्नेवाला छैनन् । प्रसाईं निकै चतुर खेलाडी हुन् । कुनै बेला केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’को दलाल बनेर गतिविधि गर्दै हिँड्ने प्रसाईंको उद्देश्य उनीहरूबाट पूरा हुन नसकेपछि गालीगलौज गर्दै हिँडेका छन् । प्रसाईंलाई यो अवस्थामा पुर्याउनमा ठूलो भूमिका नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको पनि ठूलो भूमिका छ ।
प्रसाईंलाई मेडिकल कलेज चलाउन अनुमति दिएको भए यो अवस्था आउने थिएन । महामन्त्री थापाले डा.गोविन्द केसीको अनशनलाई साथ दिए । डा.केसी पनि हौसिएर प्रसाईंविरुद्ध निरन्तर लागे । त्यसको परिणाम प्रसाईं अहिले आएर शक्तिशाली बनेका छन् । उत्तेजक अभिव्यक्ति दिइरहेका छन् । प्रसाईंका कतिपय शब्दहरू समाजमा सुन्न पनि नसकिने खालका हुन्छन् । प्रसाईंमा कुनै नैतिकता छैन ।
अराजक र उत्तेजक अभिव्यक्ति दिँदैमा प्रसाईं राजनेता बन्न सक्दैनन् । उनले ऋण मिनाहा पनि गराउन सक्दैनन् । बरु प्रसाईंले बैंक र वित्तीय संस्थाहरूको ऋण तथा व्याजको विषयलाई लिएर आन्दोलन गरेर आफ्नो व्यापास व्यवसायलाई फस्टाएका छन् । प्रसाईं मालामाल भएका छन् ।
पछिल्लो समय प्रसाईंले आफूलाई प्रधानमन्त्रीका रुपमा ब्याख्या गर्न थालेका छन् । उनले प्रधानमन्त्री बनाउन जनतासँग अनुरोध गरिरहेका छन् । प्रधानमन्त्री बन्नको लागि प्रसाईंले राजनीतिक दल दर्ता गर्नुपर्छ । निर्वाचनमा प्रसाईंले जित हासिल गरे पनि प्रधानमन्त्री बन्न चाहिने अंकगणित पुग्ने छैन ।
फेसबुकबाट तपाईको प्रतिक्रिया