रोल्पाका मगरले नाम पोलेपछि रास्वपाका पूर्वसांसद पक्राउ

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पूर्वसांसद ढाकाकुमार श्रेष्ठ लागूऔषध कारोबारमा संलग्न भएको आरोपमा पक्राउ परेका छन् ।

बिहीबार पोखराबाट श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो । पोखरा महानगरपालिका–९ पृथ्वीचोकस्थित दीया फार्मेसीका संचालक ४८ श्रेष्ठलाई कास्की प्रहरीले पक्राउ गरेको जनाएको छ ।

साउन ३ गते पोखरा–२ बसपार्कबाट ४२ वर्षीय प्रकाश थापामगर लागूऔषध त्रुपेन ९७ चक्कीसहित पक्राउ परेका थिए ।

अनुसन्धानका क्रममा थापामगरले उक्त लागूऔषध दिया फार्मेसीबाट खरिद गरेको बताएका थिए ।

जिल्ला अदालतबाट अनुमति लिइ फार्मेसी सञ्चालक श्रेष्ठलाई पक्राउ गरिएको कास्की प्रहरी प्रमुख मोहन थापाले बताएका छन् ।

रास्वपाबाट समानुपातिक सांसद बनेका श्रेष्ठ आर्थिक लेनदेनको विवादमा परेपछि पार्टीले निस्कासन गरेको थियो ।

मगर रोल्पाको त्रिवेणी गाउँपालिका–७ घर भई हाल पोखरा–४ नालामुख बस्दै आएका छन् ।

Published : Thursday, 2024 September 12, 11:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया