कीर्तिपुरमा जुवातास खेलिरहेका ९ जना पक्राउ

काठमाडौं । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले काठमाडौं नौ जनालाई पक्राउ गरेको छ ।

कीर्तिपुर नगरपालिका–९ बस्ने काभ्रेको तेमाल गाउँपालिका–९ घर भएका ६३ वर्षीय धनबहादुर तामाङको टहरोमा जुवातास खेलिरहेको अवस्थामा धनबहादुर समेत ९ जनालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रहरी वृत्त कीर्तिपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नेपाली ३४ हजार २ सय १५ रूपियाँ, कम्बोडियन २ हजार रियाल, कतारी ८ रियाल, मलेशियन २ रिङ्गिट, भारतीय २० रूपियाँ र ६ बुक ताससहित पक्राउ गरेको हो ।

Published : Wednesday, 2024 September 11, 4:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया