सभापति देउवाद्वारा पर्यटन विभागको सदस्यहरु मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवाले पर्यटन विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका विभागका प्रमुख आङ्गेलु शेर्पाको सिफारिसमा सभापति देउवाले सदस्यहरु मनोनयन गरेका हुन् ।
विभागको सदस्यहरु मनोनयन हुनेहरुमा खुम सुवेदी (धादिङ), वीरबहादुर महरा (कञ्चनपुर), दीपेन्द्र पाण्डे ‘कपिल’ (गोरखा), लक्की कार्की क्षेत्री (कास्की), छिरिङ डोल्मा शेर्पा (दोलखा) रहेका छन् ।

दिनेश मगर (ओखलढुङ्गा), यज्ञमूर्ति आचार्य (अर्घाखाँची), रामप्रसाद पञ्जियार (धनुषा), ईश्वर लामिछाने (स्याङ्जा) र जंगबहादुर लामा (हुम्ला) सदस्यमा मनोनयन भएका छन् ।

Published : Tuesday, 2024 September 10, 9:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया