पर्यटनमन्त्रीले चलखेल गरेर दोस्रो नम्बरका व्यक्तिलाई सीईओ बनाएपछि सर्वोच्चमा रिट दर्ता

काठमाडौं । नेपाल पर्यटन बोर्डको कार्यकारी प्रमुख (सीईओ)मा दोस्रो नम्वरमा रहेका दीपकराज जोशीको नियुक्ति गरेपछि सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।

सीईओको छनौटमा पहिलो नम्बरमा सिफारिस भएका डा.धनञ्जय रेग्मीले मंगलबार सर्वोच्चमा रिट दर्ता गरेका हुन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले चलखेलका आधारमा दोस्रो नम्बरका जोशीलाई सीईओमा नियुक्त गरेपछि विवाद भएको थियो । मन्त्री पाण्डेको रोजाइमा किन दोस्रो नम्बरका जोशी परे भनेर प्रश्न पनि उठेको छ ।

मन्त्री पाण्डेले नियुक्ति नै गर्नुपर्ने थियो भने पहिलो नम्बरका रेग्मीलाई सीईओ नियुक्त गरेको भए प्रश्न उठ्ने थिएन । दोस्रो नम्बरका जोशीलाई च्यापेर नियुक्ति गरेपछि मन्त्री पाण्डेले चलखेल गरेको हो की भनेर प्रश्न उठेको छ ।

प्रतिस्पर्धामा आफूले बढी नम्बर प्राप्त गरेपनि कानून विपरित जोशीलाई सीईओमा नियुक्ति गरिएको भन्दै डा.रेग्मीले रिट दायर गरेका हुन् ।

बोर्डको सीईओ नियुक्तिको निर्णय बदर गरेर आफूलाई नियुक्ति दिलाउन माग गरेर डा.रेग्मीले सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।

बिहीबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले दोस्रो नम्बरका जोशीलाई सीईओमा नियुक्त गरेको थियो ।

Published : Tuesday, 2024 September 10, 8:01 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया