कांग्रेसका मन्त्री कुर्मीले दिए राजीनामा

मसुरिया । नेपाली कांग्रेसबाट लुम्बिनी प्रदेश सरकारमा वन तथा वातावरण मन्त्री रहेका बादशाह कुर्मीले पदबाट राजीनामा दिएका छन् ।

कुर्मीले मंगलबार मुख्यमन्त्री चेतनारायण आचार्यलाई राजीनामा बुझाएको उच्च स्रोतले जनाएको छ । कुर्मीले राजीनामाका बारेमा केही भनेका छैनन् ।

मन्त्री कुर्मीलाई हटाउन माग गरेर विभिन्न एनजिओ र आईएनजिओ लगायतका समूहले धर्ना र घेराउ गरेका थिए ।

Published : Tuesday, 2024 September 10, 7:35 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया