कांग्रेसद्वारा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई लिखित सुझाव

काठमाडौं । नेपाली कांग्रेसको सहकारी विभागले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिलाई लिखित सुझाव बुझाएको छ ।

मंगलाबार कांग्रेस केन्द्रीय सदस्य एवं सहकारी विभाग प्रमुख देवेन्द्रराज कँडेलले पार्टीका तर्फबाट संसदीय छानबिन विशेष समितिका संयोजक सूर्यबहादुर थापालाई लिखित सुझाव बुझाएका हुन् ।

कांग्रेसको सहकारी विभागले सातवटै प्रदेशमा पुगेर संकलन गरेको सुझावलाई समितिसमक्ष बुझाएको कांग्रेस सहकारी विभाग प्रमुख कँडेलले बताएका छन् ।

सहकारीका बचतकर्ता अधिकांश गरिब र विपन्न परिवारका भएको र उनीहरूले बचत गरेको रकम दुरुपयोग गरिएकाले दोषीलाई अविलम्ब कारबाही गर्न सरकार गम्भीर हुनुपर्ने पनि माग गरिएको छ ।

संसदीय छानबिन विशेष समितिलाई आवश्यक सहयोग गर्न कांग्रेस तयार रहेको विभागका प्रमुख कँडेलले बताए ।

Published : Tuesday, 2024 September 10, 4:02 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया