जीबी राई भूमिगत हुँदा रवि लामिछानेलाई फाइदा, मलेसियाबाट ल्याउन कुटनीतिक पहल

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन, हिनामिना र ठगी काण्डमा परेर फरार रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)लाई सरकारले पक्राउ गरेर सार्वजनिक गर्ने तयारी गरेको छ ।
सरकारले कुनै पनि हालतमा पक्राउ गर्ने गृहकार्य गरेको चलपाएपछि राईले नेपाल सरकारसामु आफै आत्मसमर्पण गर्ने तयारी गरेको निकटका व्यक्तिहरुले बताएका छन् । राईका पार्टनर समेत रहेका गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछानेले सहकारीको रकम ठगीको जिम्मेवारी राईलाई मात्रै दिएका छन् । राई र लामिछाने मिलेर सहकारीको रकम ठगी गरेको आरोप लाग्दै आएको छ ।
सहकारीको रकम अपचलन र ठगी विषयमा छानविन गर्न बनेको संसदीय छानविन समितिले आफ्नो कामलाई अन्तिम चरणमा लगेका बेला राईले आफूलाई सार्वजनिक गरेर सत्यतथ्य बाहिर ल्याउनुपर्छ । राईले आफूलाई प्रहरीसामु आत्मसमर्पण गरेर लामिछानेको भण्डाफोर गर्नुपर्ने सुझाव आएको छ । राई फस्ने भएपछि लामिछाने बच्दा फाइदा र बेफाइदा कसलाई हुन्छ प्रष्ट नै छ । अन्यथा राई फस्ने लामिछाने बच्ने सम्भावना समेत आउन सक्छ ।
मलेसियामा लुकेर बसेका राईलाई तत्कालीन समयमा पक्राउ गर्ने तयारीहरु भएका थिए । रवि लामिछाने गृहमन्त्री बनेर आएपछि राईलाई पक्राउ गर्ने भनेर सूचनाहरु सार्वजनिक मिडियामा भनेपछि राईलाई पक्राउ गर्ने कार्य बिथोलिएको थियो ।
गोर्खा मिडिया नेटवर्क प्रालिका तत्कालीन प्रबन्ध निर्देशक लामिछाने गृहमन्त्री बनेपछि सहकारीको रकम ठगी काण्डलाई दवाउन खोजेका थिए । अनुसन्धानमा खटिएका प्रहरीको सरुवा गर्नेदेखि थर्काउने लगायतका कार्य भएका थिए ।
लामिछाने पनि सहकारीको ठगी काण्डबाट पक्राउ पर्ने सम्भावना छ । उनी पक्राउ पर्ने भएपछि प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेर बचाउन अनुरोध गरिसकेका छन् ।
आफै प्रबन्ध निर्देशक भएको कम्पनीमा सहकारीको रकम आएको थाहा छैन भन्ने लामिछानेले राजनीतिक शक्ति लगाएर बच्ने प्रयास गरिरहेका छन् । उनका गतिविधिले गर्दा सबैभन्दा नोक्सानी राई र सहकारीका पीडितहरुलाई भइरहेको छ । राईलाई पक्राउ गर्न सरकारले कुटनैतिक प्रयासहरु गरेको स्रोतको भनाइ छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया