तरुण दलको विधानको मस्यौदा तयार, अध्यक्ष गुरुङलाई हस्तान्तरण
काठमाडौं । नेपाल तरुण दलका अध्यक्ष विद्वान गुरुङलाई विधान मस्यौदा संशोधन समितिले विधानको मस्यौदा हस्तान्तरण गरेको छ ।
सोमबार तरुण दलका अध्यक्ष गुरुङलाई समितिका संयोजक एवम् केन्द्रीय सदस्य धनराज तुम्बाहाम्फेले तरुण दलको विधानको मस्यौदा बुझाएको हो ।
विधान संशोधन मस्यौदा समितिले आन्तरिक गृहकार्य गरि सात प्रदेशका केन्द्रीय सदस्यहरुसँग राय सुझाव संकलन गरेको थियो । अधिकतम तरुण साथीहरुको भावनालाई समेटेर विधान तयार पारिएको संयोजक तुम्बाहाम्फेले बताएका छन् ।
अध्यक्ष गुरुङले विधान मस्यौदा संशोधन समितिलाई आफ्नो कार्यभार जिम्मेवारीपूर्ण र सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद दिएका छन् । गुरुङले यथाशीघ्र तरुण दलको केन्द्रीय कार्यसमितिको बैठक बोलाएर विधान पारित गरिने बताए ।
अध्यक्ष गुरुङले केन्द्रीय सदस्य धनराज तुम्बाहाम्फेको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेका थिए । समितिको सदस्यहरुमा केन्द्रीय सदस्य कृष्ण रिजाल, मुना भुषाल, विवेक न्यौपाने, लोकहरि पौडेल रहेका थिए ।
समितिको सदस्य सदस्य सचिवमा तरुण दलको केन्द्रीय कार्यालयका मुख्यसचिव ठानप्रसाद पोखरेल रहेका थिए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया