निजामती सेवाको विधेयक लुम्बिनी सरकारद्वारा स्वीकृति प्रदान

मसुरिया । लुम्बिनी प्रदेश सरकारले प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाको सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेस गर्न स्वीकृति प्रदान गरेको छ ।

सोमबार देउखुरीको मसुरियामा बसेको लुम्बिनी प्रदेश मन्त्रिपरिषदको बैठकले ऐन संशोधनको प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको हो ।
सरकारका प्रवक्ता तथा कृषि भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले विभिन्न दफा र उपदफाहरूमा संशोधन गर्नुपर्ने आवश्यकता देखिएपछि सरकारले ऐन संशोधनको प्रस्ताव अघि बढाएको बताए ।

२०८० असार २२ गते प्रदेश सभामा दर्ता भएको विधेयक भदौ २२ गते लुम्बिनी प्रदेश सभाबाट पारित भएको थियो ।

प्रदेश प्रमुखले विधेयकलाई मंसिर २१ गते प्रमाणीकरण गरेपछि कार्यान्वयनमा आएको थियो । प्रदेश सभामा ऐन संशोधनको विधेयकको प्रस्ताव दर्ता हुनेछ । आगामी प्रदेश सभा बैठकमा ऐन संशोधन प्रस्ताव पेस हुनेछ ।

Published : Monday, 2024 September 9, 6:59 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया