गृहमन्त्री लेखकद्वारा नुवाकोटमा सुविधा सम्पन्न ठूलो कारागार उद्घाटन, १५० कैदीलाई सारियो

काठमाडौं । गृहमन्त्री रमेश लेखकले नुवाकोटमा नवनिर्मित केन्द्रीय कारागारलाई कैदीबन्दी थुन्ने मात्र नभई उत्पादक कारागारका रुपमा विकास गरिने बताएका छन् ।
शनिबार नुवाकोटमा बनेको केन्द्रीय कारागारको उद्घाटन गर्दै लेखकले यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्ने बताए ।
लेखकले भने, ‘गृह मन्त्रालयले निर्धारण गरेको १० वटा काममध्ये नुवाकोटमा रहेको कारागार सञ्चालन सय दिनमा गर्ने काममध्येको एक हो । यस कारागारलाई उद्योग कारागारका रुपमा विकास गर्नेछौँ । यहाँ प्रशस्त जाग्गा छ ।’
‘त्यसको उपयोग गर्ने हो । कारागार विस्तार र यहाँका कैदीबन्दीलाई विभिन्न सीप सिकाए यही कारागार परिसरभित्र विभिन्न वस्तु उत्पादन गर्न लगाइने छ’, उनले भने, ‘यसले कैदीबन्दीको आर्थिक उपार्जन हुन्छ भने त्यो समान बाहिर लगेर बिक्री गर्दा यो ठाउँको पनि आर्थिक विकास हुन्छ ।’
गृहमन्त्री लेखकले कारागारमा ठूलो संख्यामा मान्छे बस्ने भन्दै त्यसले नुवाकोटको आर्थिक गतिविधि बढाउने बताएका छन् ।
‘नुवाकोटमा बस्ने कैदीबन्दी र सुरक्षाकर्मीले त्यहाँकै खाद्य र लुगालत्ता किन्नुहुन्छ । यसले यहाँको आर्थिक विकास हुन्छ’, गृहमन्त्री लेखकले भने ।
कारागारमा बस्ने कैदीबन्दीको पनि मानव अधिकार हुने भएकाले आधुनिक सुविधा सम्पन्न र ठूलो कारागार बनाइएको उनले बताए ।
‘अहिलेको सरकार लोकतन्त्र, विधिको शासन र मानव अधिकारमा प्रतिबद्ध छ’, लेखकले भने, ‘संक्रमणकालीन न्याय सम्बन्ध कानून बनाउँदा पनि हामीले मानवअधिकारको कुरालाई प्राथमिकता दिँदा आज कानून पारित हुँदा संसारले स्वागत गरेको छ ।’
२८ हजार कैदीबन्दी रहेकामा १२–१३ हजार क्षमताको कारागार मात्र रहेका भन्दै लेखकले अब कैदीबन्दीको चाप घढ्ने बताए ।
तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले नुवाकोटमा ७ हजार कैदीबन्दी अटाउने कारागार निर्माणको योजना बनाएको थियो ।
कारागारमा २५, १४ र ८ जना राख्ने गरी काठको व्यवस्था गरिएको छ । शुक्रबार कारागारमा १५० जना कैदीबन्दी सारिएको छ ।
काठमाडौं उपत्यकाको केन्द्रीय कारागारबाट ५ सय जना कैदीबन्दीलाई नुवाकोट ल्याइनेछ ।
कार्यक्रममा बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा, राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडा, नेपाल प्रहरीका आईजीपी बसन्तबहादुर कुँवर, सशस्त्र प्रहरी बल नेपालका आईजीपी राजु अर्याल लगायतको उपस्थिति रहेको थियो ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया