परराष्ट्रमन्त्री डा.राणाले दिइन् पारा ओलम्पिकमा पदक विजेता पलेशालाई बधाई

काठमाडौं । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारा ओलम्पिकमा ऐतिहासिक कांस्य पदक जितेकोमा खुसी व्यक्त गर्दै बधाई दिएकी छिन् ।

शनिबार बिहान सामाजिक सञ्जालमार्फत मन्त्री डा.राणाले कांस्य पदक विजेटा पलेशालाई बधाई दिएकी हुन् । पलेशाले कांस्य पदक जितेर नेपालको नाम राख्न सफल भएको डा.राणाले बताएकी छिन् ।

कुनै पनि ओलम्पिकमा नेपाली खेलाडीले जितेको यो पहिलो आधिकारिक पदक हो ।

लगातार दोस्रो पटक पारा ओलम्पिकको कांस्य पदक भिडन्तको प्रतिस्पर्धामा पुगेकी पलेशाले पेरिसमा पदक जित्न सफल भएकी छिन् ।

उनले पेरिसस्थित ग्रान्ड प्यालेसमा शुक्रबार राति के–४४ विधाअन्तर्गत महिला ५७ केजी तौल समूहबाट कांस्य जितेकी हुन् ।

पलेशाले रिपिचेजको दोस्रो खेलमा सर्बियाकी मरिजा मिचेभलाई १५–८ स्कोरले हराएर कांस्य पदक जितेकी थिइन् । तीन वर्षअघि टोकियो ओलम्पिकको रिपिचेजको दोस्रो खेल पनि मरिजालाई नै हराएर कांस्यको भिडन्तमा पुगेकी थिइन् ।

पलेशाका प्रशिक्षक कविराज नेगी लामाले यो जित सम्पूर्ण नेपाली र नेपाली खेलकुदको जित भएको बताएका छन् ।

Published : Saturday, 2024 August 31, 10:40 am

फेसबुकबाट तपाईको प्रतिक्रिया