लुम्बिनी भ्रमणमा मन्त्री पाण्डे, उपाध्यक्ष डा.लामाद्वारा स्वागत
लुम्बिनी । संस्कृति, पर्यटन तथा नागरिक उडडयनमन्त्री बद्रीप्रसाद पाण्डे बुद्धजन्मस्थल लुम्बिनी आएका छन् ।
शुक्रबार अपरान्ह ४ बजेतिर मन्त्री पाण्डे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, भैरहवामा उत्रिएका हुन् । मन्त्री पाण्डेलाई लुम्बिनी विकास कोषका उपाध्यक्ष डा.ल्हारक्याल लामाले स्वागत गरेका छन् ।
मन्त्री पाण्डेको स्वागतका लागि नेपाली कांग्रेस रुपन्देहीका सभापति समेत रहेका तिलोत्तमा नगरपालिकाका मेयर रामकृष्ण खाण लगायतका नेताहरूको पनि उपस्थिति रहेको थियो ।
मन्त्री पाण्डेको स्वागतका लागि कोषका उपाध्यक्ष डा.लामासहित पदाधिकारीहरू गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा पुगेका थिए ।
मन्त्री पाण्डेले लुम्बिनी मन्दिरको दर्शनका साथै कामकारबाहीका बारेमा जानकारी लिनेछन् । मन्त्री पाण्डेले नवलपरासीमा रहेको रामग्रामको पनि अबलोकन गर्ने कार्यक्रम रहेको छ ।
फेसबुकबाट तपाईको प्रतिक्रिया