नेतृ डिला संग्रौलाको सिफारिसमा सभापति देउवाद्वारा विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पेशागत तथा वुद्धिजीवी विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।
बिहीबार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम विभागमा सदस्यहरू मनोनयन गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
विभागको प्रमुख डिला संग्रौला रहेकी छिन् । उनको सिफारिसमा सभापति देउवाले सदस्यहरू मनोनयन गरेका हुन् । मनोनयन हुने सदस्यहरूमा डा.लोकनाथ दुलाल (ललितपुर), डा. विष्णु बस्याल (पाल्पा), डा.तबस्सुम सिद्दिकी (बाँके), देवराज अवस्थी (कैलाली), मनबहादुर थापा (चितवन) रहेका छन् ।
ई.दिलिपकुमार झा (सप्तरी), ई.मनोज घिमिरे (मोरङ), गणेश शाही (दैलेख), डम्बरबहादुर विक (पर्वत) र विजय सम्बाहाम्फे (तेह्रथुम) पनि सदस्यमा मनोनयन भएका छन् ।
बिचार/ब्लग

कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
स्मृति : कहिल्यै लेख्न नपाएको रूक्माङ्द-प्रचण्डकाे त्याे समाचार
प्रकाश तिमल्सिना
फेसबुकबाट तपाईको प्रतिक्रिया