प्रचण्ड र रविलाई खतिवडाको जवाफ– ४२ दिनमा यो अवस्था आएको होइन
काठमाडौं । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले ०६२/६३ पछि नेकपा (माओवादी केन्द्र) निरन्तर सत्तामा १८ वर्ष बसेको बताउँदै बेथितिको जिम्मेवारी प्रचण्डले पनि लिनुपर्ने बताएका छन् ।
बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा विशेष समयमा बोल्दै सांसद खतिवडाले निरन्तर सत्तामा १८ वर्षसम्म बसेर दोषी अरुलाई दिने पद्धतिको अन्त्य हुनुपर्ने बताए ।
राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले संसदमा केही दिनदेखि प्रतिपक्ष र सत्ता पक्षका सांसदहरूबीच जुहारीका रुपमा देखिएको भन्दै चिन्ता जनाएका छन् ।
प्रचण्डले मुलुक बंगलादेश र श्रीलंकाको रुपमा गएको भनेर दिएको अभिव्यक्तिलाई गैरजिम्मेवारी भएको टिप्पणी गरेका छन् । कांग्रेस र एमालेको सरकार बनेको जम्मा ४२ दिन भएको भन्दै बेथिति यहि ४२ दिनमा भएको हो भनेर खतिवडाले प्रचण्डसँग प्रश्न गरेका छन् ।
सांसद खतिवडाले यो सम्पूर्ण जिम्मेवार ४२ दिने लिने हो की ०६२ पछि सत्तामा बस्ने माओवादीले पनि लिने हो भनेर प्रचण्डलाई प्रश्न गरेका छन् ।
उनले सत्तामा बस्दा राम्रो देख्ने, सत्ताभन्दा बाहिर जाँदा नराम्रो देख्ने प्रतिपक्षमा रहेका दल र नेताहरूको भनाइप्रति चिन्ता जनाए । उनले यस्ता गलत भास्यले मुलुकलाई गति नदिने बताए ।
०६२ पछि केही दिन सत्ताबाट बाहिर जानेवित्तिकै तथानाम गाली गर्ने पद्धतिले संसदीय पद्धतिलाई कमजोर बनाउने सांसद खतिवडाले बताए ।
माओवादी ०६२ पछि निरन्तर १८ वर्ष सत्तामा रहेको कांग्रेस खतिवडाले बताएका छन् । उनले रोष्टमबाट सत्ताबाट बाहिर जाँदा जनतालाई गाली गर्ने कार्य नगर्न विपक्षमा रहेका दलहरूलाई आग्रह गरे ।
खतिवडाले उछृङखलता र उदण्डको राजनीति छाड्न प्रचण्ड र रवि लामिछानेहरूलाई सुझाव दिएका छन् । सत्ताभन्दा बाहिर जानेवित्तिकै सत्तामा रहेकालाई उछितो काढ्ने कार्य रोकिनुपर्ने उनले बताए ।
खतिवडाले भने, ‘सत्तामा आउनेवित्तिकै जादुको छडीबाट समाधान हुँदैन । नेप्से परिसूचकमा राम्रो संकेत आएको छ । ४ अर्ब राजश्व आएको छ । सरकार आएका बेला आर्थिक उन्नतिका सुरुवात भएको छ ।’
सांसद खतिवडाले १८ वर्ष सत्तामा बस्दा डेडिकेटेड बिजुलीका बारेमा केही नबोल्ने प्रतिपक्षमा पुग्नेवित्तिकै दोष अरुलाई देख्ने पद्धतिको अन्त्य हुनुपर्ने बताए ।
खतिवडाले बिजुली प्रयोग गरेको बत्तीको पैसा तिर्नुपर्छ भनेर सबैले बोलेको बताएका छन् । उनले यो पैसा सरकारले लिनुपर्ने बताएका छन् ।
कांग्रेसका सांसद खतिवडाले मुकुल ढकाललाई रास्वपाबाट सभापति रवि लामिछानेले निष्काषन गरेकोप्रति लक्षित गर्दै आफ्नो महामन्त्रीलाई हटाउनेले लोकतन्त्र र सुशासनको कुरा गरेको नसुहाउने बताए ।
उनले रास्वपाका नेताहरूलाई ठूला कुरा नगर्न सुझाव दिएका छन् । खतिवडाले कसैलाई थर्काएर र तर्साएर राजनीति गर्नु हुँदैन भन्दै एमाले र कांग्रेसको गठबन्धन त्यो पक्षमा नरहेको बताए ।
फेसबुकबाट तपाईको प्रतिक्रिया