कोटेश्वरमा गेष्ट हाउसभित्रै वेश्यावृत्ति, २ जना पक्राउ

काठमाडौं । नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गेष्ट हाउसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ ।
नाबालिकाहरूलाई वेश्यावृत्तिमा लगाएको अभियोगमा २ जना गेष्ट हाउस सञ्चालकलाई प्रहरीले पक्राउ गरेको बिहीबार जारी विज्ञप्तिमा उल्लेख छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित कमलामाई खाजाघर एण्ड गेस्ट हाउसका संचालक रामेछाप घर भएका २८ वर्षीय गोरे नेवा खड्गी र सिन्धुलीको कमला माई नगरपालिका–४ घर भएका ४२ वर्षीय राजु साही रहेका छन् ।
खड्गी समेतले सञ्चालन गरेको गेष्ट हाउसमा बालिकाहरूलाई वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान व्यूरो बबरमहलबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले गेष्टहाउसबाट ५ जना बालिकाहरूलाई उद्दार समेत गरेको छ ।
उनीहरू उपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया