रवि लामिछाने र रास्वपाका नेताहरू नयाँ जोगी हुन्, धेरै खरानी घस्छन्

काठमाडौं । नेपाली कांग्रेसका नेता रामहरि खतिवडाले रवि लामिछाने र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूलाई नयाँ जोगीको टिप्पणी गरेका छन् ।

सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समितिका सभापति समेत रहेका खतिवडाले भने, ‘नयाँ पार्टीले ०८४/८४ भन्दै हुनुहुन्छ । हामी कोही आउँदा पनि नाइ भन्दैनौँ ।’

उनले भने, ‘राम्रो काम गरेर आयो भने नयाँ होइन अब झन् नयाँ आए पनि हामी स्वागत गर्न चाहन्छौँ । तर, नयाँ जोगीहरू खरानी मात्रै धस्ने भए । काम गर्ने भएनन् । बोल्ने मात्रै भए ।’

खतिवडाले भने, ‘तपाईहरूले देख्नुभयो । सबै पार्टी सरकारमा गए । नेपाल मजदुर किसान पार्टी बाहेक । यो डेढ वर्षको अवधिमा । सरकारमा जाँदा सबै बोल्ने मात्र, काम केही छैन ।’

‘कहिले काहिँ धम्काउने पनि । फाइल खोल्छु, फाइल खोल्छु भन्ने । आफ्नै फाइल खोलेपछि अनि चुप लागेर बस्ने । यो पद्धति ठीक छैन’, खतिवडाले भने ।

‘हामीले कसैलाई तर्साउनु छैन । जनताले हामीलाई मत दिएर पुर्‍याउने ठाउँमा पुर्‍याएका छन् । गर्नुपर्ने हाम्रो दायित्व हो’, खतिवडाले भने ।

Published : Monday, 2024 August 26, 12:58 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया