५ अर्ब २ करोडको ठेक्काको संसदको भवनमा अनियमिता, केन्द्रद्वारा अनुसन्धान

काठमाडौं । संघीय संसद् भवन निर्माणमा अनियमितता भएको भन्दै राष्ट्रिय सतर्कता केन्द्रमा उजुरी परेको छ ।

सिंहदरबार परिसरको उत्तरतर्फ निर्माणाधीन संघीय संसदको भवन निर्माणका क्रममा अनियमितता भएको भन्दै उजुरी परेको हो । उजुरी परेपछि केन्द्रले छानबिन सुरू गरिसकेको छ ।

५ अर्ब २ करोड रुपियाँको ठेक्कामा निर्माण शुरु गरिएकामा भेरिएसन अर्डरमार्फत लगिएको करिब ५६ करोड रकम अनियमित गरिएको उजुरीमा उल्लेख छ ।

संसद भवनमा भएको अनियमितताबारे छानबिन गर्न केन्द्रले उपसचिवको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ ।

भवन निर्माण कम्पनीले तीनपटक भेरिएसन अर्डरमार्फत पहिलोपटक तीन प्रतिशत तथा दोस्रो र तेस्रो पटक चार/चार प्रतिशतका दरले करिब ५६ करोड थप रकम अनियमित तवरले लगिएको उजुरीकर्ताले जनाएका छन् ।

Published : Sunday, 2024 August 25, 11:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया