कांग्रेस-एमालेले लुम्बिनीमा पूरक बजेट ल्याउने, प्रक्रियाबाट योजना माग्न मुख्यमन्त्रीको आग्रह

मसुरिया । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले पूरक बजेट नल्याउने बताएका छन् ।

आइतबार बर्दियाका स्थानीय तहका जनप्रतिनिधि, राजनीतिककर्मी लगायत सरोकारवालाहरूसँग देउखुरीको मसुरियामा भएको छलफलमा आचार्यले चालु आर्थिक वर्षका लागि स्वीकृत वार्षिक कार्यक्रमहरूको पूर्ण कार्यान्वयनका लागि सरकारले कार्यविधि र कार्ययोजना निर्माण गरिसकेको बताए । उनले छुटेका योजनालाई अर्को आर्थिक वर्षमा समेट्न सकिने बताए ।

उनले पूरक बजेट नल्याउने बरू अर्को वर्षको बजेटमा अहिले छुटेका योजना समावेश गर्ने बताएका छन् । मुख्यमन्त्री आचार्यले योजना माग गर्दा प्रक्रियागत रुपमा आउन पनि आग्रह गरेका छन् ।

‘तपाईंहरू स्पष्ट हुनुहोस्, सरकारले पूरक बजेट ल्याउँदैन’, उनले भने, ‘छुटेका योजनाहरूलाई अर्को वर्ष समेट्ने गरी तयारी थाल्छौं ।’

उनले भने, ‘योजना माग गर्ने प्रक्रिया हुन्छन् । ती प्रक्रिया पूरा गरेर आएका योजनाहरूलाई समेट्छौं ।’

एमाले र माओवादीको अघिल्लो सरकारले ल्याएको बजेटमा मुख्यमन्त्री आचार्यले पूरक बजेटको तयारी गरेका हुन् । अहिले कांग्रेस र एमालेको सरकार बनेको छ । कांग्रेसले अघिल्लो सरकारले ल्याएको बजेटप्रति असन्तुष्टि जनाइरहेका बेला मुख्यमन्त्री आचार्यले लुम्बिनीमा पूरक बजेट ल्याउने तयारी गरेका हुन् ।

Published : Sunday, 2024 August 25, 8:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया