अनुशासन भएन भने कांग्रेस बलियो हुन सक्दैन, अन्तर्घातले नै हामी हारेका हौं : डा.आरजु राणा

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य समेत रहेकी परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले कांग्रेसभित्र अनुशासनको आवश्यक्ता रहेको बताएकी छिन् ।
शुक्रबार वीपीनगर, ललितपुरमा बसेको केन्द्रीय कार्यसमितिको बैठकमा बोल्ने क्रममा डा.राणाले कुनै पनि संगठन राम्रो बनाउनका लागि अनुशासन आवश्यक पर्ने बताइन् । डा.राणालाई उदृत गर्दै स्रोतले भन्यो, ‘अनुशासन आवश्यक पर्छ । अनुशासन भएन भने त्यो संगठन कहिल्यै पनि अगाडि बढ्न सक्दैन ।’
उनले भनिन्, ‘कसैलाई कोही मन नपर्ने हुन्छ, कोहीलाई अर्को कोही मन नपर्ने हुन्छ । यसले गर्दा पार्टीलाई ठूलो क्षति भएको छ ।’
‘एक्जिट पोलले ११० सिट जित्ने थियो । पार्टीको अन्तर्घातले हारेका हौँ’, उनले भनिन्, ‘पार्टीको अनुशासन भनेको कसैलाई निकाल्ने पनि होइन । झुण्ड्याउने पनि होइन ।’
‘अनुशासन भएन भने पार्टी झन् धराशायी भएर जान्छ’, केन्द्रीय सदस्य समेत रहेकी परराष्ट्रमन्त्री डा.राणाले भनेकी छिन् ।
केन्द्रीय सदस्य डा.राणाले महिलाहरूलाई पार्टीको हरेक निकायमा पदाधिकारीमा राख्ने व्यवस्थाका लागि कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताएकी छिन् । उनले कांग्रेसले नै नेतृत्व गरेर महिलाहरूलाई अगाडि बढाउनुपर्ने बताएको स्रोतले जनाएको छ ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया