साउन २८ गते स्थगित कांग्रेसको बैठक आज बस्दै

काठमाडौं । केही दिनका लागि स्थगित भएको नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज बस्न लागेको छ ।

बैठक पार्टी केन्द्रीय कार्यालय वीपीनगर, ललितपुरमा बिहान ११ बजेदेखि बैठक सुरू हुनेछ ।

महासमितिले पारित गरेका एजेन्डालगायत ११ विषयमाथि केन्द्रीय समितिमा साउन २३ गतेदेखि छलफल भइरहेको थियो ।

ती विषयहरूमा केही केन्द्रीय सदस्यहरूले धारणा राखिसकेका छन् भने राख्न बाँकी भएकाहरूले आजदेखि निरन्तरता हुने बैठकमा धारणा राख्नेछन् ।

साउन २३ गतेदेखि सुरू भएको केन्द्रीय कार्यसमिति बैठक साउन २८ गतेसम्म बसेर स्थगित भएको थियो ।

Published : Friday, 2024 August 23, 10:38 am

फेसबुकबाट तपाईको प्रतिक्रिया