सभापति देउवाद्वारा महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महिला विभाग र शुभेच्छुुक संस्था समन्वय विभागमा सदस्यहरू मनोनयन गरेका छन् ।

बिहीबार कांग्रेस केन्द्रीय कार्यालयद्वारा जारी विज्ञप्तिअनुसार सभापति देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य पुष्पा भुसाल प्रमुख रहेको नेपाली कांग्रेस महिला विभाग र केन्द्रीय सदस्य अब्दुल सत्तार प्रमुख रहनु भएको शुभेच्छुक संस्था समन्वय विभागको सदस्यमा सदस्यहरूलाई मनोनयन गरेका हुन् ।

महिला विभागमा मनोनयन हुने सदस्यहरूमा रेणु प्रधान श्रेष्ठ (धनगढी), तुल्सा पन्त (झापा), कमला लामिछाने (गोरखा), झल विश्वकर्मा (काठमाडौंं, कविता इटानी (धादिङ) रहेका छन् ।

मिलन साह (महोत्तरी), आशा थापा मगर (तनहुँ), रामकुमारी थापा (सुर्खेत), देवका वेल्वासे (दाङ), डा. शशि थापा पण्डित (काठमाडौं) पनि विभागको सदस्यमा मनोनयन भएका छन् ।

शुभेच्छुक संस्था समन्वय विभागमा मनोनयन भएका सदस्यहरूमा राजु थापा (गोरखा), निर्मला क्षेत्री (अर्घाखाँची), आशिष खतिवडा (मोरङ), नरेन्द्र डी.सी. (रोल्पा), देवराज नेपाल (काठमाडौं), मातृका शेर्पा (ताप्लेजुङ) रहेका छन् ।

सोनीकुमारी बम्जन (सर्लाही), रामदत्त जोशी (डडेल्धुरा), दिनेश सन्जयल (कालिकोट), लालमणि पाण्डे सदस्यमा मनोनयन भएको विज्ञप्तिमा उल्लेख छ ।

Published : Thursday, 2024 August 22, 5:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया