सहकारीको करोडौ रकम ठगका आरोपी सभापति लामिछानेलाई संसदीय समितिले बयानमा बोलायो

काठमाडौं । सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई संसदीय छानविन समितिले बयानका लागि बोलाएको छ ।
सहकारी संस्था बचत रकम दुरूपयोग सम्बन्धमा गठित संसदीय छानबिन विशेष समितिले सभापति लामिछानेलाई बयानका लागि बोलाएको हो । लामिछानेलाई सोधपुछका लागि शुक्रबार २ बजे बोलाइएको समितिका सभापति सूर्यबहादुर थापाले जानकारी दिएका छन् ।
सभापति लामिछानेलाई गोरखा मिडिया नेटवर्क प्रालिका प्रबन्ध निर्देशकको हैसियतमा सोधपुछका लागि बोलाइएको संयोजक थापाले बताएका छन् ।
विभिन्न सहकारीको रकम गोरखा मिडिया नेटवर्कमा कम्पनीका तत्कालीन पदाधिकारीहरूको खातामार्फत् गएको देखिएपछि समितिले उनीहरूलाई बोलाएर सोधपुछ गरिरहेको छ ।
गोरखा मिडिया प्रालिका क्रियटिभ डाइरेक्टर तथा नोबडी प्रोडक्सन प्रालिका सञ्चालकसमेत रहेका रास्वपाका सहमहामन्त्री विपीनकुमार आचार्यसँग सोधपुछ भएको थियो ।
बिहीबार नै तत्कालीन हर्बो इन्टरनेशनल प्रबन्ध निर्देशक एवं हाम्रो ग्रुप अफ कम्पनीका संस्थापक अध्यक्ष पुष्पराज पौडेलसँग पनि सोधपुछ गरिएको थापाले बताएका छन् ।
लामिछाने र गितेन्द्रबाबु राई (जीबी राई)ले सहकारीको करोडौं रकम अपचलन र ठगी गरेको अभियोग छ । लामिछाने र राई पार्टनर बनेर गोर्खा मिडिया नेटवर्क प्रालिमार्फत ग्यालेक्सी फोरके नाम गरेको टेलिभिजन खोलेका थिए ।
सहकारी डुबेपछि राई फरार छन् । लामिछाने भने पार्टी खोलेर सहकारीको करम अपचलन र ठगीबारे मलाई थाहा छैन भनेर राजनीतिक संरक्षणमा बसेका छन् ।
बिचार/ब्लग

गृहमन्त्रीका एक वर्ष : नीतिगत र कानूनी सुधारमा व्यापकता
शेरबहादुर सिंह
कांग्रेसको केन्द्रीय समितिबाट भएका निर्णयहरू
शेरबहादुर देउवा, सभापति, कांग्रेस
विनोदजी उमेशसँग तपाईको तुलनै हुँदैन, चन्दा लिए वापत तपाईलाई नेता मान्न कोही बाध्य छैन
गुरुराज घिमिरे, नेता, नेपाली कांग्रेस
फेसबुकबाट तपाईको प्रतिक्रिया