सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भए : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले बैंकहरूको ऋण प्रहाव गर्ने प्रणाली आलोचना गरेका छन् ।
बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा ओलीले परियोजनाको मूल्याकंन गरेर मात्रै ऋण प्रहाव गर्नुपर्ने बताए । उनले सम्पत्ती राखेर ऋण दिँदा बैंकहरू साहुजीजस्ता भएको बताए ।
प्रधानमन्त्री ओलीले भने, ‘सम्पत्ती राखेर ऋण दिने होइन, परियोजना धितो राखेर ऋण दिनुप¥यो । साहुजी बैंक होइनन् परियोजनाको मूल्यांकन गरेर ऋण प्रवाह गर्नुप¥यो ।’
साना–साना पुँजीबाट उत्पादन वृद्धि हुने उद्योगहरूमा लगानी र विस्तार गर्न ओलीले आग्रह गरेका छन् ।
प्रधानमन्त्री ओलीले सहकारीको बचाउ गरेका छन् । उनले सहकारी आफैमा राम्रो भएको बताएका छन् ।
ओलीले गैरसहकारी तत्वहरू भित्रिदा देशभरका सहकारी डुब्ने अवस्थामा पुगेको बताएका छन् ।
सहकारीलाई वित्तीय अनुशासनमा ल्याउन सरकारले नयाँ ढंगले काम गर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
‘सहकारीमा गैरसहकारी तत्वहरू भित्रिएपछि सहकारी डुब्यो’, ओलीले भने, ‘सहकारी आफैमा राम्रो हो । सरकारले अब सहकारीलाई नयाँ ढंगले अगाडि बढाउँछ ।’
फेसबुकबाट तपाईको प्रतिक्रिया