दुई पार्टी मिलेको मतलव अरु पार्टीको खिलापमा होइन, ओली र मबीच बिचार गरेर सहमति भएको छ : देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी ओली र आफूबीच सोँच बिचार गरेर सहमति भएको भन्दै आशंका नगर्न आग्रह गरेका छन् ।
मंगलबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, ‘केपी शर्मा ओलीजी र मेरोबीचको सहमित ठूला ठूला पार्टीबीचको मात्रै होइन ।’
‘जो सहमति भएको छ । सहमति कसैको खिलापको सहमति होइन’, देउवाले भने, ‘दुइटा ठूला पार्टीले अरु सबै पार्टीलाई समेटेर लैजाने हो ।’
‘नेपालमा अझ प्रजातान्त्रिक सिद्धान्त, समाजवादको मूल भनेर नेपाली कांग्रेस प्रजातान्त्रिक समाजवादी पार्टी भएको पार्टी हो’, उलने भने, ‘यो कुरालाई ध्यानमा राखेर अगाडि बढ्न खोजी रहेका छौँ ।’
‘त्यसै कारण कुनै पनि साथीभाइहरूले यसमा शंका उपशंका गर्नुपर्ने कुरा छैन’, सभापति देउवाले भने, ‘ओलीजीले पनि प्रजातन्त्रका मूलभुत सिद्धान्तको पक्षमा हुनुहुन्छ । नेपाली कांग्रेस हुने नै भइहाल्यो ।’
‘हाम्रो बीचमा जो सहमति भएको छ, धेरै सोँच बिचार गरिकन भएको सहमति हो’, सभापति देउवाले भनेका छन् ।
उनले भने, ‘दुई वटा पार्टी मिलेको मतलव अरु पार्टी खिलापमा हुँदै होइन । नेकपा (माओवादी), माधवकुमारजीको पार्टीलगायत सबै पार्टीका साथीहरूलाई हामीले एक गरेर लैजाने हो । सबै पार्टीहरूलाई साथ साथै लिएर जानेमा दुबै पार्टीले लाग्नेछ ।’
सभापति देउवाले भने, ‘सबैसँग सल्लाह गरेर जाने कुरा हो । राष्ट्रिय सभाको अध्यक्ष को बन्ने ? भन्ने विषयमा छलफल हुनुपर्नेछ ।’
‘यदि यस विषयमा सबैको सहमति हुन्छ भनेदेखि त्यसमा उपराष्ट्रपति नै राष्ट्रय सभाको अध्यक्ष बन्ने ईण्डियामा पनि छ । अरु देशमा पनि छ’, सभापति देउवाले भनेका छन् ।
बिचार/ब्लग

के माओवादीले आफ्नो विराशत फर्काउन सम्भव छ ?
तिलक मल्ल ‘क्षितिज’
कांग्रेस संसदीय दलका निर्णयहरू
श्यामकुमार घिमिरे, प्रमुख सचेतक
केपी ओलीभन्दा गिरिजाप्रसाद हठी, कानून उल्लंघन गर्नुभएन
किशोर श्रेष्ठ
फेसबुकबाट तपाईको प्रतिक्रिया